Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।

    त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अङ्कले बढेर १७९ दशमलव १०  मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७  दशमलव ४६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २९ लाख  पाँच हजार ९४२ कित्ता शेयर रु चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटा उपसमूह बढेका छन् । आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज  कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक, सोलु हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर, प्राइम डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan