Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री गौतमसँग आज सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबीचको सहमति गर्नका लागि प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भयो । 

त्यस्तै, सरकारले नेपालको हवाई सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो । राजदूत उन्जाले यसमार्फत हवाई सुरक्षा कालोसूचीबाट हट्नका लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गर्नुभयो । 

भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan