Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । 

थारू  जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहासलगायत प्रतिवेदन सार्वजनिक गरिएको छ । 

कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan