Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधान सेनापति ट्रफि-२०८३ सम्पन्‍न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

काठमाडौं ।  प्रधान सेनापति ट्रफि-२०८३ खेलकुद प्रतियोगिता  कायम मुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी. को प्रमुख आतिथ्यमा समापन भएको छ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरिएको उक्त प्रतियोगितामा जम्मा १४ वटा टिमहरू सहभागी थिए।   

 उक्त प्रतियोगितामा समग्रतर्फ  उपत्यका पृतना प्रथम हुन सफल भएको छ भने गणतर्फ श्री पुरानो गोरख गणले प्रथम स्थान हासिल गरेको छ।

विजयी टिम, उत्कृष्ट खेलाडी एवम् रेफ्रीहरूलाई का.मु. प्रधान सेनापति तथा रथीवृन्दले ट्रफि, प्रमाण-पत्र एवम् कदर पत्र प्रदान गर्नु भएको थियो। 

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रिय खेलकुदमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन भएको खेलकुद प्रतियोगिताको यस संस्करणमा खेलाडीहरूले महिलातर्फ २०० मिटर दौड, ५००० मिटर दौड, लङ्ग जम्प, ज्याब्लिङ-थ्रो र सट पुट तथा पुरुषतर्फ १०० मिटर दौड, ४X४०० मिटर दौड र म्याराथनमा नयाँ आर्मी रेकर्ड कायम गर्नुका साथै पुरानो गोरख गणका ब.का.सि. सलिन देवानले पुरुषतर्फ लङ्ग जम्पमा र काली रक्षा गण (ई) का अम. जयरानी थारुले ४०० मिटर दौड महिलातर्फ नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। 

०८३ आश्विन १२ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि-२०८३ खेलकुद प्रतियोगिता कायम मुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी. को प्रमुख आतिथ्यमा समापन भएको छ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरिएको उक्त प्रतियोगितामा जम्मा १४ वटा टिमहरू सहभागी थिए।   

उक्त प्रतियोगितामा समग्रतर्फ श्री उपत्यका पृतना प्रथम हुन सफल भएको छ भने गणतर्फ श्री पुरानो गोरख गणले प्रथम स्थान हासिल गरेको छ।

विजयी टिम, उत्कृष्ट खेलाडी एवम् रेफ्रीहरूलाई का.मु. प्रधान सेनापति तथा रथीवृन्दले ट्रफि, प्रमाण-पत्र एवम् कदर पत्र प्रदान गर्नु भएको थियो। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रिय खेलकुदमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन भएको खेलकुद प्रतियोगिताको यस संस्करणमा खेलाडीहरूले महिलातर्फ २०० मिटर दौड, ५००० मिटर दौड, लङ्ग जम्प, ज्याब्लिङ-थ्रो र सट पुट तथा पुरुषतर्फ १०० मिटर दौड, ४X४०० मिटर दौड र म्याराथनमा नयाँ आर्मी रेकर्ड कायम गर्नुका साथै पुरानो गोरख गणका ब.का.सि. सलिन देवानले पुरुषतर्फ लङ्ग जम्पमा र काली रक्षा गण (ई) का अम. जयरानी थारुले ४०० मिटर दौड महिलातर्फ नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan