Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

काठमाडौँ, २८ असोजः उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान  पुनःसञ्चालन गरेको छ ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो ।

पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पार्टीले पुनःसञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan