Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस-एपी)

हङकङ, २८ असोज : चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ ।

चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढ्दा मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर १३३.५ अर्ब डलर पुगेको छ ।

जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात १०८.१ प्रतिशत, तथ्याङ्क प्रशोधन उपकरण तथा पार्टपुर्जाको ५४.६ प्रतिशत र सवारीसाधनको ५४.३ प्रतिशतले बढेको छ ।

निर्यात वृद्धिले घरेलु उपभोग र लगानी सुस्त रहेको चीनको अर्थतन्त्रलाई सहयोग गरे पनि घरजग्गा क्षेत्रको मन्दी चुनौती बनेको छ ।

चीनले सन् २०२६ मा ४.५ देखि पाँच प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर अन्तर्राष्ट्रिय मुद्राकोषले वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ ।

चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली सङ्घ (इयु) सँग तनाव बढाउने जोखिम छ । इयुले चीनसँगको दैनिक एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार घाटा घटाउन प्रयास गरिरहेको छ ।

इयुका व्यापार प्रमुख मारोस सेफकोभिचले आगामी केही वर्षमा चीनबाट हुने हाइब्रिड कारको आयात आधा गर्ने विषयमा सहमति भएको बताउनुभएको थियो ।

विश्लेषकहरूका अनुसार कमजोर युआनले चिनियाँ सामान सस्तो बनाउन सहयोग गरे पनि पश्चिमी बजारमा व्यापारिक दबाब बढिरहेको छ ।

दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा निर्यात विस्तारले पश्चिमी बजारको मागलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनीहरूको भनाइ छ ।

विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी सुस्त भए चीनको उच्च प्रविधियुक्त सामानको निर्यातमा समेत असर पर्न सक्ने अर्थशास्त्री म्याक्स जेङ्गलेनले बताउनुभएको छ ।

चीनले घरेलु माग बढाउन घर खरिदकर्ताको धितो ऋणको ब्याजमा अनुदानजस्ता उपाय अघि सारे पनि आन्तरिक माग सुदृढ पार्नु चुनौती बनेको छ । चीनले आगामी साता जुलाई–सेप्टेम्बर त्रैमासिकको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan