Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस
newsabhiyan

भद्रपुर (झापा), १२ कात्तिकः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटाले सरकारी सेवा प्रवाहमा देखिने ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गरी नागरिकलाई सहज, सरल र गुनासोरहित सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा सचिव सापकोटाले सरकारले अङ्गीकार गरेको सदाचार नीति कार्यान्वयन गर्दै सुशासन कायम गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । 

    सचिव सापकोटाले भन्नुभयो, “सरकारी सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । काम गर्ने पुरानो मानसिकता परिवर्तन गरी नागरिकलाई समयमै सेवा उपलब्ध गराउन सबै निकाय जिम्मेवार हुनुपर्छ ।” सरकारको गतिअनुसार कर्मचारीतन्त्रले कामको गति बढाउनुपर्ने उहाँको भनाइ थियो । 

    सचिव सापकोटाले सरकारी कामकाजलाई परिणाममुखी बनाउँदै जिम्मेवारीअनुसार काम गर्न र सुशासन तथा सेवा प्रवाहमा सुधार ल्याउन  कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण र ‘हेलो सरकार’मा प्राप्त हुने गुनासा तथा उजुरी सम्बोधन गर्न सूक्ष्म रूपमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । नागरिकका गुनासा र समस्यालाई गम्भीरतापूर्वक लिँदै समयमै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा भइरहेका विकास निर्माणका काम, सार्वजनिक सेवा प्रवाह, भूमिसम्बन्धी समस्या समाधानको प्रगति तथा जिल्लाको समग्र प्रशासनिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan