Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निरन्तर वर्षाले एनपीएल प्रभावित : त्रिवि मैदान जलमग्न, आजका दुवै खेल अन्योलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारका खेल प्रभावित हुने देखिएको छ। निरन्तरको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि आज निर्धारित दुवै खेल सञ्चालन हुने सम्भावना कमजोर बनेको हो ।

वर्षाले क्रिकेट मैदानको अवस्था अस्तव्यस्त बनाएको छ। मैदानमा पानी जमेर खेल्नै नसकिने अवस्था सिर्जना भएको छ भने पारापिटसमेत पानीले भरिएको छ। मैदानलाई त्रिपालले ढाकेर सुरक्षित राख्ने प्रयास गरिए पनि निरन्तरको वर्षाले खेल सञ्चालनमा चुनौती थपेको छ।

आजको तालिकाअनुसार पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। दिउँसो साढे १२ बजे सुरु हुनुपर्ने उक्त खेल निर्धारित समयमा सञ्चालन हुने सम्भावना निकै न्यून देखिएको छ।
त्यस्तै, आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम छ। मौसममा सुधार आएमा दोस्रो खेल छोट्याएर अर्थात् ओभर घटाएर भए पनि सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले अपराह्नदेखि मौसममा केही सुधार आउने अनुमान गरेको छ। त्यसैले क्रिकेटप्रेमी र समर्थकहरू मौसम खुल्ने प्रतीक्षामा छन्।
तर, मैदानमा जमेको पानी हटाउने, खेलयोग्य बनाउने र आवश्यक प्राविधिक तयारी पूरा गर्ने चुनौती आयोजकसामु छ। मौसमले साथ दिए पनि मैदानको अवस्थाले खेल सञ्चालनको अन्तिम निर्णय निर्धारण गर्नेछ।

एनपीएलका समर्थकहरू आज मैदानमा चौका–छक्का र रोमाञ्चक प्रतिस्पर्धा हेर्न आतुर छन्। तर प्रकृतिको प्रतिकूलताले क्रिकेटको उत्सवमै विराम लाग्ने हो कि भन्ने अन्योल बढेको छ। अब आजको खेल हुने वा नहुने भन्ने निर्णय मौसम र मैदानको अवस्थामै निर्भर रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan