Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राससकर्मी राईलाई युवा प्रतिभा सम्मान पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस)

सुनसरी, १९ कात्तिकः राष्ट्रिय समाचार समिति (रासस) सुनसरी जिल्ला समाचारदाता सङ्गीता राईलाई यस वर्षको युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरिएको छ ।

    धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले उहाँको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आज उहाँलाई नगद रु १० हजार राशिको उक्त पुरस्कार गरिएको हो ।

    साहित्य, पत्रकारिता तथा सिर्जनात्मकको माध्यमबाट पु¥याउनुभएको योगदानको कदर गर्दै समाचारदाता राईलाई उक्त पुरस्कार प्रदान गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

    सोही अवसरमा यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्धसङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई संयुक्त रूपमा प्रदान गरियो । दुवै कृतिका सर्जकलाई रु दुई लाख नगद र ताम्रपत्र प्रदान गरिएको हो ।

    उक्त पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारले नेपाली भाषामा लेखेका ५२ कृति प्रतिस्पर्धाका लागि दर्ता गराउनुभएको थियो ।

    यस्तै कविता महोत्सवमा पुस्तकालयले यसअघि छनोट गरेका उत्कृष्ट १० कवितामध्ये प्रथम सविता फागो, दोस्रो सुन्दर शिरीष तथा तेस्रो निरुपम श्रेष्ठ र लेकाली कान्छाका सिर्जना घोषित भएका थिए ।

    प्रतियोगिताका विजेता प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु २१ हजार, रु १८ हजार र रु १७ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    महोत्सवमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ कविता सङ्ग्र्रहसमेत लोकार्पण गरियो  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan