Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल प्रिमियर लिगः सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौँ, २० कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितको लागि १७७ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको हो । सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए । त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १÷१ विकेट हात पारे । कर्णाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan