Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चक्रवातमा परेर चार माझीको मृत्यु, पाँच बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस/सिन्ह्वा)

नयाँदिल्ली, २० कात्तिक : भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन् ।

स्थानीय सरकारी अधिकारीका अनुसार बिहीबार तीन जनाको शव समुद्री छालले किनारमा बगाएर ल्याएको अवस्थामा कोठापट्टनम समुद्री तट नजिक फेला परेको थियो ।

अर्को एक जनाको शव भारतीय तटरक्षक बलले समुद्रबाट बरामद गरेको हो । मृतक तथा बेपत्ता सबै माझी छिमेकी राज्य तमिलनाडुका बासिन्दा रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार गत अक्टोबर २९ मा नौ जना माझी एउटै डुङ्गामा माछा मार्न समुद्रमा गएका थिए । तर, मङ्गलबार बिहान दक्षिणी तटीय क्षेत्रमा आएको मुरासु नामक चक्रवातमा परेपछि उनीहरू बेपत्ता भएका थिए । समुद्री किनारबाट करिब दुई किलोमिटर टाढा उनीहरूको डुङ्गा पल्टिएको बताइएको छ ।

सरकारी अधिकारी राजा बाबुले तमिलनाडुका समकक्षीसँग समन्वय गरी बेपत्ता माझीहरूको खोजी भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan