Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.द्धारा सपथ ग्रहण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
newsabhiyan

काठमाडौं, २२ कात्तिक । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । 

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभामार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भएलगत्तै बसेको बैंक संचालक समितिको ५६७औँ बैंठकले  उहाँलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan