विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण
वीरगन्ज (पर्सा), २६ कात्तिकः छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटी वीरगन्जले पर्साको मनियारीका ३०० विपन्न परिवारका बर्तालु महिलालाई कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
‘आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलालाई पर्व मनाउन सहज होस्’ भन्ने उद्देश्यले सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत छठ पर्व मनाउने महिलालाई आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा प्रत्येक बर्तालु विपन्न परिवारका महिलालाई एक थान साडी र दुई किलो पिठो प्रदान गरिएको सोसाइटीका अध्यक्ष सुरेश रुङ्टाले जानकारी दिनुभयो ।
सोसाइटीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायमा सहयोग गर्दै आएको छ । सो अवसरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको थियो ।


