Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | (रासस)

बागमती, २६ कात्तिकः तिहार सकिएलगत्तै हेटौँडामा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ । 

    हेटौँडाको राप्ती नदी किनाराको दायाँतर्फ छठ पूजालाई लक्षित गरी सात फिटको पण्डालसहित ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी संरचना निर्माण गरिएको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुभयो । हेटौँडामा पछिल्ला २० वर्षयता छठ पूजाप्रतिको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । छठ पूजालाई भव्य र सभ्य बनाउने लक्ष्यसहित प्रभावकारी सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षासम्बद्ध सबै निकायसँग समन्वय भइरहेको संयोजक  गुप्ताले जानकारी दिनुभयो ।

    पछिल्ला वर्षमा तराईका जिल्लाहरूबाट विभिन्न सेवा, पेसा र व्यवसायका सन्दर्भमा हेटौँडामा बसाइँसराइ हुने क्रमसँगै छठ पूजाको रौनकता पनि थप बढ्दै गएको समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan