Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | रासस/सिन्ह्वा)

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाले शनिबार उक्त जानकारी दिएको हो ।

    सेनाको सञ्चार शाखा ‘इन्टर सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार, लडाकुहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त भएपछि उत्तर वजिरिस्तान जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा बलले कारबाही सञ्चालन गरेको थियो ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार, जिल्लाको अली खेल क्षेत्रमा भएको मुठभेडमा १२ जना लडाकु मारिएका थिए । त्यस्तै, मिर अली र दत्ता खेल क्षेत्रमा भएको छुट्टाछुट्टै कारबाहीमा दुई–दुई जना लडाकु मारिएका थिए ।

    कारबाहीका क्रममा लडाकुहरूको साथबाट हातहतियार र गोलीगठ्ठासमेत बरामद गरिएको सेनाले जनाएको छ ।

    आईएसपीआरका अनुसार, उक्त कारबाहीका क्रममा दुई पाकिस्तानी सैनिकले पनि ज्यान गुमाएका छन् ।

    सेनाले मारिएका लडाकुहरू सर्वसाधारणमाथि आक्रमण गर्नेलगायत विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको दाबी गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan