Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस/सिन्ह्वा)

रुसले शनिबार सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट ‘सोयुज–२.१बी’ रकेटमार्फत निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको छ ।

    रुसको राष्ट्रिय अन्तरिक्ष परियोजनाअन्तर्गत निजी क्षेत्रका उपग्रह प्रक्षेपणका लागि सरकारी अनुदान प्राप्त भएको यो पहिलो अवसर हो ।

    रुसको सरकारी अन्तरिक्ष निगम ‘रोस्कोस्मोस’का अनुसार, ‘प्रोग्रेस रकेट स्पेस सेन्टर’ले निर्माण गरेको उक्त रकेट मस्को समयअनुसार शनिबार बिहान ४ बजेर १६ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

    रकेटले ‘एमटी–ल्याब’ कम्पनीले विकास गरेको ‘कोएन’ र ‘स्पुतनिक ग्रुप’ले निर्माण गरेको ‘किनोस्पुतनिक’ उपग्रह बोकेको थियो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार, निजी कम्पनीहरूले विकास गरेका उपग्रहलाई मुख्य पेलोडका रूपमा राखेर गरिएको यो रुसको पहिलो प्रक्षेपण हो । यसलाई देशको अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan