Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

काठमाडौं, २ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।

मंसिर २ गते बिहान करिब ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर H9353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक BINBIN LI लाई नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा निजले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएका सुनजस्तो देखिने पदार्थका चारवटा पोका फेला परेका थिए। उक्त पदार्थको कुल तौल १ किलो ६ सय ५ ग्राम रहेको बताइएको छ।

नियन्त्रणमा लिइएका चिनियाँ नागरिक BINBIN LI को राहदानी नम्बर EA4240198 रहेको छ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan