Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

सुनसरी, ३ मंसिर : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौं महानगरपालिका-२२ बस्ने धरान उपमहानगरपालिका-१२ घर भएका ४५ वर्षीय शिव कुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उप समिति सदस्यधरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।  

धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोमुख्य कार्यालय रहि सहकारी संस्थासँग आवद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा ४ वटा कम्पनी समेत स्थापना गरी विभिन्न मितिमा पीडितहरूको बचत गरेको रकम अपचलन तथा ठगी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । 

उनीहरू उपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan