Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल प्रिमियर लिगः चितवन राइनोजले टस जितेर  ब्याटिङ रोज्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

काठमाडौँ, ३ मङ्सिरः तेस्रो सस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवन राइनोजले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा फाइनल प्रवेशका लागि चितवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यससँगै सुदूरपश्चिमले बलिङ गर्नेछ । 

     यस खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । शनिबार हुने फाइनल खेलमा विजयी टोलीले लुम्बिनी लायन्ससँग खेल्नेछ ।

    चितवनको प्लेइङ ११ मा कप्तान रवि बोपारासहित   कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेककुमार यादव, रन्जित कुमार, उस्मा मीर, सलाउद्दीन खान, कमिल मिरशा र डेभिड मलान छन् । 

    त्यस्तै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा विनोद भण्डारी, फाबियन एलेन, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दीपक बोहरा र जर्ज मुन्से छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan