Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

काठमाडौँ, ३ मङ्सिर : नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताउनुभएको छ ।

    सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताउनुभएको हो । 

    उहाँले भन्नुभयो, “नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत् समयमै सार्वजनिक गर्नेछ ।” उहाँले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गर्नुभयो । 

    उहाँले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राख्नुभयो । 
    राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दैै आएको भूमिकाको प्रशंसा पनि गर्नुभयो । 

    सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गर्नुभयो । 

    त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राख्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan