Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले नेताहरूले विदेश भ्रमणमा जानुअघि पार्टीलाई जानकारी दिनुपर्ने : अध्यक्ष ओली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौं, ३ मंसिर । नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबदेखि कुनै पनि नेता विदेश भ्रमणमा जाँदा पार्टीलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै उनले पार्टीलाई जानकारी नदिई विदेश जाने नेतासँग स्पष्टीकरण सोधिने चेतावनीसमेत दिए ।

‘पार्टीका नेता कार्यकर्ता अनुशासित हुनुपर्छ । कसले के गर्दैछ, कहाँ जाँदैछ भन्ने पार्टीलाई जानकारी दिनु जिम्मेवारी र कर्तव्य हो,’ ओलीले भने, ‘अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । यदि जानकारी भएन भने पार्टीले स्पष्टीकरण सोध्छ ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan