Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस)

झापा, ३ मङ्सिरः सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजार बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको हालसम्म एक हजार ६३ वटा सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

    सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, साइलेन्सर जडान गर्ने र सर्वसाधारणलाई असहज हुने गरी मोटरसाइकल चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको हो । 

    प्रहरीले अवैध रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरेको जनाएको छ । “सवारीसाधनको स्वरूप परिवर्तन गरेर चर्को ध्वनि निकाल्दै सडकमा गुडाउने प्रवृत्तिलाई नियन्त्रण गर्न हामीले सक्रियता बढाएको हौँ”, उहाँले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउँछौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने कसैलाई पनि छुट दिइँदैन ।”
मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक, बुद्धशान्ति, अर्जुनधारालगायत जिल्लाका विभिन्न स्थानमा चर्को आवाजमा मोटरसाइकल सञ्चालन नगर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृति बिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ । नियमविपरीत काम गर्नेलाई रु एक हजारदेखि ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था कानुनमा रहेको उहाँले बताउनुभयो । 

    नेपाल प्रहरीको ट्राफिक प्रहरीसम्बन्धी आधिकारिक सूचनाले पनि स्वीकृति बिना सवारीको स्वरूप परिवर्तन गर्नुलाई कारबाही हुने कसुरका रूपमा उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan