Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा श्यामसुन्दर शेर्पा मनोनीत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
newsabhiyan

काठमाडौं, ४ मंसिर । काठमाडौं । नेपाल लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा संखुवासभाका श्यामसुन्दर शेर्पा मनोनीत भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापति अमिर मोक्तानको सिफारिसमा शेर्पालाई संघको अध्यक्षमा मनोनयन गरेका हुन्।

संगठनमा लामो समयदेखि सक्रिय शेर्पाले यसअघि नेपाल लोकतान्त्रिक शेर्पा संघको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसैगरी, केन्द्रीय समितिमा समेत विभिन्न जिम्मेवारी निर्वाह गरेको अनुभवका आधारमा उनलाई संघको नेतृत्व प्रदान गरिएको हो।

नवनियुक्त अध्यक्ष शेर्पालाई जारी नियुक्तिपत्रमार्फत आगामी छ महिनाभित्र संघको अधिवेशन सम्पन्न गर्न समयसीमा तोकिएको छ।

नेपाली कांग्रेसलाई सबै समुदायसँग जोड्दै पार्टी संगठनलाई थप सशक्त, समावेशी र प्रभावकारी बनाउन नेपाल लोकतान्त्रिक शेर्पा संघको भूमिका महत्त्वपूर्ण रहेको नियुक्तिपत्रमा उल्लेख छ।

शेर्पा समुदायको सहभागिता र प्रतिनिधित्व बढाउँदै पार्टी संगठनसँगको सम्बन्धलाई थप मजबुत बनाउन संघले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

शेर्पाको मनोनयनसँगै नेपाल लोकतान्त्रिक शेर्पा संघलाई थप व्यवस्थित र गतिशील बनाउने तथा निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्ने विश्वास गरिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan