Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ जातको मकै सिफारिस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

चितवन, ६ मङ्सिर: राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ ।

खुल्ला सिञ्चित जातका रूपमा रहेको मनकामना-८ जातको मकै सिफारिस गरिएको हो । सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् । 

कार्यक्रमका निमित्त प्रमुख भिमनाथ अधिकारीका अनुसार कार्यलयले यस वर्ष खुल्ला सिञ्चित जात सिफारिस गरेको हो । अर्को एउटा हाइब्रिड जात सिफारिसको चरणमा रहेको बताउँदै यसको नाम हाइब्रिड सिएएच-१५११ रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना-८, मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको हो । एक हजार ५०० मिटरसम्म लगाउन सकिने र अन्य जातको तुलनामा खडेरी सहन सक्ने भएकाले तराईमा समेत लगाउन सकिने उहाँले जानकारी दिनुभयो । 

तराई क्षेत्रका लागि सिफारिसको क्रममा रहेको सिएएच १५११ जातको मकै एक हजार मिटर उचाइसम्म लगाउन सकिने अधिकारीले बताउनुभयो ।

वसन्त ऋतु र हिउँदमा समेत लगाउन सकिने यो मकै चिस्यान बढी भएपनि सहन सक्ने प्रकृतिको छ । कार्यक्रमले अहिलेसम्म हाइब्रिड जातको १० वटा र खुल्ला सिञ्चित जातको ३१ वटा मकैको बीउ सिफारिस गरिसकेको उहाँले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan