आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ७ मंसिर : पर्सा, कालिकामाई गाउँपालिका-१ मुरली बस्ने प्रभु महतो कोईरीको गोठमा आइतबार राति आगलागी हुँदा करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुर चोक बस्ने ३४ वर्षीय बिकास कलवारले संचालन गरेको बिजय साइकल स्टोर्समा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तीबनस्थित दिनेश सिजापतिले संचालन गरेको ग्यारेजमा विद्युत सर्ट भई आइतबार बेलुकी आगलागी हुँदा करिब १४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, ग्रामथान गाउँपालिका-१ खुन्या कट्टा बस्ने अन्तराम माझीको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
