Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/एएनआई)

नयाँदिल्ली, ७ मङ्सिर : द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक पदका उम्मेदवार फिल होगनले बताउनुभएको छ ।

एएनआईसँग कुरा गर्दै उहाँले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताउनुभयो । स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उहाँको भनाइ छ ।

होगनले एफएओको मुख्यालयमा मात्र निर्णय केन्द्रित नगरी क्षेत्रीय तथा देशगत कार्यालयलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ ।

उहाँले खाद्य सुरक्षालाई विश्वव्यापी राजनीतिक तथा सुरक्षा छलफलको केन्द्रमा राख्न, जलवायु परिवर्तनसँग जुध्न तथा डिजिटल कृषि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको लाभ साना किसानसम्म पु¥याउनुपर्ने र कृषि क्षेत्रबाट विशेषगरी अफ्रिका तथा भारतमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

भारतसँग डिजिटल कृषि, चक्रीय तथा जैविक अर्थतन्त्रमा पर्याप्त विशेषज्ञता रहेको उल्लेख गर्दै होगनले विकासशील देशको लाभका लागि दक्षिण–दक्षिण सहकार्य विस्तार गर्न नयाँदिल्लीसँग काम गर्ने इच्छा व्यक्त गर्नुभयो ।

महानिर्देशक पदको उम्मेदवारीका लागि समर्थन जुटाउन भारत पुग्नुभएका होगनले त्यहाँका कृषि तथा विदेश मामिला मन्त्रालयका अधिकारीसँग भेट गरी एफएओका कार्यक्रम र कार्यान्वयन प्रणाली सुधारबारे छलफल गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan