Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्यालय भवन निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस
newsabhiyan

 

म्याग्दी, ८ मङ्सिरः म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ । 

 

दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरि गाउँपालिकाको रु एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुईतले भवन निर्माण थालिएको हो । धवलागिरि गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि संस्थाले रु ७५ लाख लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । 

 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्यसमेत रहनुभएका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बूढाथोकी र पहार ट्रस नेपालका प्रतिनिधिहरुको उपस्थितिमा सोमबारदेखि भवन निर्माण थालिएको हो । 

 

विसं २०१० मा स्थापना भएको विद्यालयको पुरानो भवनको विकल्पमा पक्की नयाँ भवन निर्माण गर्न लागिएको हो । बालकक्षा देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २०० भन्दाबढी विद्यार्थी रहेका व्यवस्थापन समितिका अध्यक्ष बूढाथोकीले बताउनुभयो । 

 

भौगोलिक रुपमा विकट, अनाथ, विपन्न र अपायकपर्ने ठाउँका ५२ जना विद्यार्थीलाई झिनडाँडामा रहेको छात्राबासमा निःशुल्क आवास सुविधा प्रदान गरिएको उहाँले बताउनुभयो । छात्रावासमा नौ जना शिक्षक कर्मचारीले पनि आवासीय सुविधा पाएका छन् । 

 

धवलागिरिकै पुरानो मध्यममा पर्ने हेम नमुना मावि परिसरको खोल्साको बाढी व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३÷०८४ मा कार्यान्वयन हुनेगरी थप रु ४० लाख बजेट पनि विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 

 

बेलायतमा दर्ता भएको अन्तरराष्ट्रिय परोपकारी संस्था पहार ट्रसले म्याग्दीलगायत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको छ । यसअघि मालिका गाउँपालिका–५ पन्थोकको भीम मावि, मगरदाङको गौबमबस्त मावि र ६ दरबाङको जनप्रिय माविमा पनि संस्थाको सहयोगमा कक्षाकोठा भवन निर्माण भएका थिए । 

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan