Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौँ, ९ मङ्सिरः काठमाडौँ महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ ।
     
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज सो भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा उहाँले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणालीसक्षम छ कि छैन भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो ।
    
समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाबारे गरिने प्रश्न नै गलत रहेको बताउँदै कावा प्रमुख डङ्गोलले सबैले परिकल्पना गरेको मानवताको र करुणाको सहर निर्माण गर्ने अभियानमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापनाले एउटा महत्वपूर्ण इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
     
अटिजम भएका बालबालिकाको संवाद गर्ने, सिक्ने, बोल्ने र व्यवहार गर्ने तरिका फरक हुने भएकाले उनीहरूको आवश्यकताअनुसार शिक्षा र व्यवहार आवश्यक रहेको उहाँको भनाइ थियो ।
 
काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकको सहायताका लागि भवन बहुउपयोगी विश्वास व्यक्त गर्नुभयो ।
     
भवन निर्माणका लागि रु १० करोड ९१ लख ७९ हजार लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि रु नौ करोड ७७ लाख ४५ हजार ६२६ मा सम्झौता भएको छ । भवनको भूमिगत तलामा ३० वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने ठाउँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan