नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न निर्देशन
काठमाडौँ, ९ मङ्सिरः प्रतिनिधिसभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो । छलफलका क्रममा कोषका कामकारबाही, उपलब्धि, वर्तमान अवस्था, समस्या तथा आगामी योजनाबारे जानकारी लिने निर्णय भएको हो ।
समिति सभापति डा कृष्णहरि बुढाथोकीले कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई यी विषयमा विस्तृत प्रस्तुतीकरण गर्न निर्देशन दिनुभएको छ । समितिको निर्णयअनुसार उहाँले बिहीबार बस्ने समितिको बैठकमा प्रस्तुतीकरण गर्नुहुनेछ ।
