Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस/सिन्ह्वा)

विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, युरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ । बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था (एसएमएमटी) ले बुधबार यस्तो चेतावनी दिएको हो । संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन् ।

एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् २०२४ र २०२५ मा मात्रै १० अर्ब पाउन्डभन्दा बढी छुट दिएका छन् । बेलायतको सरकारी नीतिअनुसार सन् २०३५ सम्ममा बिक्री हुने सबै नयाँ कार तथा भ्यान शून्य उत्सर्जनयुक्त हुनुपर्नेछ । तर उपभोक्ताको मागभन्दा लक्ष्य तीव्र हुँदा उत्पादक र बजारमा दबाब परेको संस्थाको भनाइ छ ।

त्यस्तै, बेलायतको सबैभन्दा ठूलो निर्यात बजार ईयूसँगको व्यापारिक पहुँच सुरक्षित राख्न पनि संस्थाले आग्रह गरेको छ । सम्भावित व्यापारिक अवरोधले दुवै क्षेत्रको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने बताइएको छ ।
बेलायतमा औद्योगिक ऊर्जा लागत पनि युरोपकै उच्चमध्ये रहेको छ । यसले उत्पादन लागत बढाएको छ ।

एसएमएमटीका अनुसार बेलायतको सवारीसाधन उत्पादन सन् १९५२ यताकै न्यून स्तरमा पुगेको छ भने पछिल्लो दशकमा आपूर्तिकर्ता कम्पनी टाट पल्टिने घटना १८० प्रतिशतले बढेको छ। यसले भविष्यमा नयाँ लगानी आकर्षित गर्न चुनौती थपेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan