Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | (रासस)

मुस्ताङ, १० मङ्सिरः भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गर्नुभएको छ ।

    भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र घरपझोङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा विद्यालयको प्रशासनिक भवन तथा शिक्षक र विद्यार्थीका लागि छात्रावास निर्माण हुन लागेको हो ।

    कुल रु १४ करोड ५९ लाख अनुमानित लागत रहेको परियोजनाअन्तर्गत रु ११ करोड ४५ लाखमा अमित बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर जीवनसिंह भण्डारीले जानकारी दिनुभयो ।

    विद्यालयमा तीनतले शिक्षक आवासीय भवनमा ४५ कोठा, दुईतले विद्यार्थी छात्रावासमा १२ कोठा र दुईतले प्रशासनिक भवनमा १५ कोठा निर्माण गरिनेछ ।

    विभिन्न जिल्लाका कठिन परिस्थितिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा आवास तथा आवश्यक भौतिक पूर्वाधारको अभावले पठनपाठनमा समस्या हुँदै आएको थियो ।

    शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचन सहभागी हुनुहुन्थ्यो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan