Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किङ्स कप राष्ट्रिय भलिबलः गण्डकी शीर्षस्थानमा कायमै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |

कास्की, १२ मङ्सिरः पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ ।

    घरेलु टोली गण्डकी आज भएको खेलमा कोशी प्रदेशसँग पराजित भए पनि १० अङ्कसहित शीर्षस्थानमा यथावत् रहेको हो । प्रतियोगितामा पहिलो जित निकालेको कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब भने लिग चरणका खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएका छन् । कोशीले गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । चार खेल खेलेको गण्डकीले तीन जितबाट १० अङ्क जोडेको छ ।

    प्रतियोगिताका मुख्य रेफ्री तहलसिंह थापामगरका अनुसार नेपाल पुलिस क्लब नौ अङ्कसहित दोस्रो र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सात अङ्कसहित तेस्रो स्थानमा छन् । चार खेल खेलेका दुवै टोलीले तीन जित र एक हार बेहोरेका छन् । आयोजक युनाइटेड किङ्स क्लब छ अङ्कसहित चौथो स्थानमा छ ।

    समान दुई–दुई अङ्क रहेका त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल सङ्घ भने लिगको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् । शनिबारका अन्य खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । त्यस्तै नेपाल पुलिसक्लबले आयोजक युनाइटेड किङ्ग्स क्लबलाई ३–१ को सेटमा हरायो ।

    प्रतियोगिता संयोजक थमन गुरुङका अनुसार आइतबार लिग चरणका अन्तिम तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा एपिएफ र आयोजक युनाइटेड किङ्ग्स क्लब आमनेसामने हुनेछन् । लिग चरणको अन्तिम खेलमा शीर्षस्थानको गण्डकी र दोस्रो स्थानको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड किङ्ग्स क्लब पोखराको आयोजनामा यही मङ्सिर ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan