Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस/सिन्ह्वा)

तेहरान, १३ मङ्सिर : इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना विरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शनिबार पोस्ट गरेको जानकारीमा यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रहरूमा विषालुपनका लक्षणसहित ८६५ जना (७४६ पुरुष र ११९ महिला) उपचारका लागि आएको बताउनुभयो । 

उहाँले दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको जनाउनुभयो । 

त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ । 

केरमानपोरका अनुसार हाल १६० जना अस्पतालमा भर्ना छन्, जसमध्ये २४ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएको छ ।

आठ जनामा मदीराका कारण मस्तिष्कघातको सङ्केत भेटिएको थियो । इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan