Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘स्वतन्त्र’ प्रधानमन्त्रीको काखमा ओलीज्युका मान्छे ? बालेनको ‘कोर समूह’ भित्र गुण्डु र बालकोटको ‘गुप्त’ खेल !

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार | अन्तर समझ
newsabhiyan

काठमाडौं, ५ साउन । काठमाडौँ महानगरको फोहोर व्यवस्थापन र डोजर आतंकबाट एकाएक देशको सत्ताको बागडोर (सिंहदरबार) सम्हाल्न पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यतिबेला आफ्नै ‘कोर समूह’ को चक्रव्यूहमा फसेका छन्। 

दलतन्त्र, नातावाद, कृपावाद र दलाल पुँजीवादको विरुद्धमा घन्किएको ‘घण्टी’ अहिले बालकोट र गुण्डु (एमाले शक्ति केन्द्र) का पुराना खेलाडीहरूको भित्री इसारामा बज्न थालेको गम्भीर आरोप लागेको छ।

सडक र सदनमा जब जनताका आशाका त्यान्द्राहरू टुट्दै थिए, तब कुनै दलगत छहारीबिना उदाएका बालेनलाई जनताले ‘नयाँ युगको नायक’ मानेका थिए। 

तर, सत्ताको कुर्सीमा बसेको केही समयमै उनको ‘कोर समूह’ भित्र पुराना राजनीतिक खेलाडीहरू, तिनका नातागोता र शक्तिका बिचौलियाहरू फरक आवरणमा छिरेपछि बालेनलाई जिताउने आम नागरिक र सचेत मतदाता भने अहिले धुरुधुरु रुनु न हाँस्नुको अवस्थामा पुगेका छन्।

१. घण्टीभित्र गुण्डुको छाया: को-को हुन् 'छद्मभेषी' बिचौलिया ?
चुनावको पूर्वसन्ध्यामा एकाएक ‘नयाँ’ बन्न आएका पात्रहरू अहिले बालेनको सचिवालय र मन्त्रीमण्डलका मुख्य हर्ताकर्ता बनेका छन्।

हिजो एमाले नेता केपी शर्मा ओली र महेश बस्नेतको प्रभाव क्षेत्र मानिने ‘गुण्डु’ र ‘बालकोट’ नेटवर्कसँग गहिरो उठबस भएका व्यापारी, दलाल र पूर्वकार्यकर्ताहरू अहिले प्रधानमन्त्रीको अति संवेदनशील मन्त्रणा कक्षसम्म पुग्ने छुट पाएका छन्।

प्रश्न उठ्छ: हिजो “केपी बा आई लभ यू” भन्दै शक्तिको भजन गाउने मण्डलीहरू आज कुन दुलोबाट छिरेर बालेनको काखमा पुगे ?

के बालेनले आफ्नै साख सिध्याउने गरी यी बिचौलियाहरूलाई ‘रातो कार्पेट’ ओछ्याएका हुन् वा उनी आफैँ यिनीहरूको झुक्यानमा परेका हुन्?

२. राजेश बज्राचार्य शैलीको ‘सूचना लीक’ र 'आई लभ यू बा' मण्डलीको रजगज
प्रधानमन्त्री कार्यालय र बालुवाटारको भित्री सूचना कसरी बाहिरिन्छ? अनुसन्धान गर्दै जाँदा पूर्वप्रधानमन्त्री ओलीका अति विश्वासपात्र राजेश बज्राचार्य शैलीमै बालेनको सचिवालयबाट पनि गोप्य सूचनाहरू पुराना दलका नेतासम्म पुग्ने गरेको स्रोतको दाबी छ।

प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण ओहोदामा आज पनि पुराना दलका अन्धभक्त कर्मचारीहरूकै हालीमुहाली छ। बालेनलाई असफल बनाउन प्रशासनिक संयन्त्र भित्रभित्रै लागिपरेको छ भने, बाहिर भने ‘आई लभ यू बा’ र ‘आई लभ यू आमा’ भन्दै शक्तिको भजन गाउने युवा-युवतीहरूको टोलीले प्रधानमन्त्रीको वरिपरि घेराबन्दी गरिसकेको छ।

३. पीडितको रोदन र न्यायको घाँटी निमोठ्ने खेल
वर्षौँदेखि शक्तिको आडमा भएका अन्यायका विरुद्ध लड्दै आएका शोभा पाठकजस्ता पीडित चेलीहरू र परिवर्तनका लागि रगत-पसिना बगाएका मतदाताहरू आज स्तब्ध छन्।

जुन प्रवृत्ति र विकृतिका विरुद्ध जनताले बालेनलाई मत दिएका थिए, आज तिनै पुराना ‘भजन मण्डली’ हरू प्रधानमन्त्रीको वरिपरि घुमेर न्यायको धज्जी उडाइरहेका छन्।

जनताले सोधिरहेका छन् “के हामीले पुरानै दलालहरूलाई नयाँ खोल ओढाएर सिंहदरबार छिराउनका लागि मात्रै बालेनलाई भोट दिएका थियौँ?”

सरोकारवाला र विश्लेषकहरू के भन्छन् ?
राजनीतिक विश्लेषकहरू: "वैकल्पिक राजनीति भनेको अनुहार फेर्नु मात्र होइन, सोच र प्रणाली फेर्नु हो। तर बालेन शाह अहिले पुराना राजनीतिक शक्ति र बिचौलियाको ‘हनी ट्र्याप’ मा परेका छन्।

यदि उनले आफ्नो सचिवालय र कोर समूहबाट यी घुसपैठियाहरूलाई तत्काल 'सोह्रै आना' सफा गरेनन् भने, उनको राजनीतिक अवसान पनि उस्तै दर्दनाक हुनेछ।" 

"वैकल्पिक राजनीति भनेको अनुहार फेर्नु मात्र होइन, सोच र प्रणाली फेर्नु हो। तर बालेन शाह अहिले पुराना राजनीतिक शक्ति र बिचौलियाको ‘हनी ट्र्याप’ मा परेका छन्।

यदि उनले आफ्नो सचिवालय र कोर समूहबाट यी घुसपैठियाहरूलाई तत्काल 'सोह्रै आना' सफा गरेनन् भने, उनको राजनीतिक अवसान पनि उस्तै दर्दनाक हुनेछ।"

नागरिक समाज र सचेत युवाहरू: "हामीले बालेनलाई एक व्यक्ति होइन, एउटा आशाका रूपमा हेरेका थियौँ।

तर गुण्डु र बालकोटको इसारामा नाच्नेहरूले उनको कोर समूह ओगट्दा सिङ्गो देशको वैकल्पिक राजनीति नै संकटमा परेको छ। प्रधानमन्त्रीज्यू! आँखा खोल्नुहोस्, भजन मण्डलीको चाकडीमा जनताको चित्कार नदबाउनुहोस्।" 

"हामीले बालेनलाई एक व्यक्ति होइन, एउटा आशाका रूपमा हेरेका थियौँ। तर गुण्डु र बालकोटको इसारामा नाच्नेहरूले उनको कोर समूह ओगट्दा सिङ्गो देशको वैकल्पिक राजनीति नै संकटमा परेको छ। प्रधानमन्त्रीज्यू !  आँखा खोल्नुहोस्, भजन मण्डलीको चाकडीमा जनताको चित्कार नदबाउनुहोस्।"

निष्कर्ष: सुक्ष्म अनुसन्धान कि राजनीतिक दुर्घटना ?
नेपाल सरकारका मुख्य सचिव (कुमार बेन) र प्रधानमन्त्रीको निजी सचिवालयसम्म यो खबर पुगिसक्दा अब बल प्रधानमन्त्री बालेन्द्र शाहकै कोर्टमा छ।

आफ्नो लोकप्रियताको ओत लागेर ‘गुण्डु प्रवृत्ति’ छिराउनेहरूलाई चिन्न अब ढिला भइसकेको छ। यदि समयमै यो घुसपैठको सुक्ष्म अनुसन्धान गरी आफ्नो कोर समूह र सचिवालयलाई ‘क्लिन’ गरिएन भने, बालेन शाहले कमाएको जनविश्वास बालुवाको घरझैँ ढल्नेछ, र यसले समग्र देशले देखेको वैकल्पिक राजनीतिको सपनालाई सधैँका लागि चिहानमा पुर्यायइदिनेछ।

विषय: कोर समूहभित्रको राजनीतिक घुसपैठ र जनआकांक्षामाथि लागेको ठेस सम्बन्धमा।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार/बालुवाटार,काठमाडौं 
महोदय,
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, समक्ष यस पत्र मार्फत केही सूचना सन्देश सहित विनम्र अनुरोध छ । सदन र सडकमा जब आम नागरिकका आशाका त्यान्द्राहरू टुट्दै थिए, तब कुनै दलगत छहारीबिना तपाईंको उदय भएको थियो।

 काठमाडौँ महानगरको जगबाट सुरु भएको त्यो लहरले सिंहदरबारको यात्रा तय गर्दासम्म लाखौँ नेपाली जनताले एउटा सुन्दर, निष्पक्ष र स्वार्थरहित नेपालको सपना देखेका थिए।

दलतन्त्रको सिन्डिकेट र नातावाद-कृपावादको अँध्यारो सुरुङबाट देशले निकास पाउनेछ भन्ने जनविश्वासकै जगमा आज तपाईं देशको कार्यकारी प्रमुखको उच्च ओहोदामा आसीन हुनुहुन्छ।

तर सम्माननीयज्यू, आज यो निवेदन लेखिरहँदा मन भारी र जनभावना क्षतविक्षत भएको छ। हिजोका दिनमा जुन प्रवृत्ति, जुन विकृति र जुन पार्टीगत झुण्डका विरुद्ध नेपाली जनताले तपाईंलाई आफ्नो अमूल्य मत सुम्पेका थिए, आज तिनै पुराना राजनीतिक खेलाडीहरू, तिनका नातागोता, र शक्तिका दलालहरू फरक आवरणमा तपाईंको 'कोर समूह' भित्र घुसपैठ गर्न सफल भइसकेका छन्। थोरै प्रतिशतबाट सुरु भएको यो घुसपैठको चक्रव्यूह अहिले निकै ठूलो भइसकेको आभास हुन थालेको छ।

केही गम्भीर र अनुत्तरित प्रश्नहरू जसले जनतालाई पिरोलिरहेको छ: बिचौलियाको पहुँच र अस्वाभाविक सम्बन्ध: हिजो एमाले, कांग्रेस र माओवादीका विभिन्न तहमा रहेका र शक्ति केन्द्रको वरिपरि घुम्ने तत्वहरू चुनावको पूर्वसन्ध्यामा नयाँ आवरण (घण्टी) भित्र प्रवेश गरे।

तपाईंको सचिवालयका अत्यन्तै महत्त्वपूर्ण व्यक्तिहरू र हाल मन्त्रीमण्डलमा रहेका व्यक्तित्वहरूको 'गुण्डु' (केपी ओली,महेश बस्नेतको प्रभाव क्षेत्र) तर्फको अस्वाभाविक झुकाव, आउजाउ र तिनै समूहका व्यापारी एवं कार्यकर्ताहरूसँगको घनिष्ठता कसको इसारामा भइरहेको छ? यो विषय अझै पनि रहस्यको गर्भमै छ।

कर्मचारीतन्त्रमा पुरानै प्रवृत्तिको हाबी: प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण ओहोदा र मन्त्रालयका कुना-कुनामा आज पनि "केपी बा आई लभ यू" भन्दै पुराना दलका शीर्ष नेताहरूप्रति अन्धभक्त रहेका कर्मचारीहरूको दबदबा कायम छ। उनीहरूले नयाँ व्यवस्थालाई भित्रभित्रै कमजोर बनाउँदै लगेका छन्।

कोर समूहमाथि संशय: तपाईंको सचिवालय समुहका केहिलाई झुक्यानमा परि राजेश बज्राचार्यजस्ता निकटस्थ व्यक्तिहरूमार्फत सूचनाहरू बाहिरिने गरेको र 'आई लभ यू बा' वा 'आई लभ यू आमा' भन्दै शक्तिको भजन गाउने युवा युवतीहरूको चलखेल तपाईंको वरिपरि बढ्दै गएको देखिन्छ।

नैतिकताको उपहास र पीडितको रोदन: वर्षौँदेखि शक्तिको आडमा भएका अन्यायका विरुद्ध लड्ने शोभा पाठकजस्ता पीडित चेलीहरू र अन्यायको विरुद्ध आवाज उठाउने लाखौँ मतदाताहरू आज असमञ्जसमा छन्।

जसलाई जनताले नैतिकताको कठघरामा उभ्याएका थिए, तिनैका 'भजन मण्डली' हरू आज तपाईंको वरिपरि घुमेर न्यायको घाँटी निमोठ्दै छन्। यो दृश्य देख्दा तपाईंलाई भरोसा गर्ने लाखौँ आँखाहरू आज बाटोमा धुरुधुरु रुन बाध्य छन्।

निष्कर्षमा, जुन निष्ठा र स्वतन्त्र पहिचानको नाममा जनताले परिवर्तनको मतदान गरेका थिए, आज त्यही लोकप्रियताको छहारीभित्र छिरेर 'गुण्डु प्रवृत्ति' का ञ तपाईंको साख गिराउने काम गरिरहेका छन्।

यो घुसपैठलाई समयमै चिन्न र केलाउन नसकिएमा, यसले तपाईंको मात्र होइन, समग्र देशले देखेको वैकल्पिक राजनीतिको सपनालाई सधैँका लागि सिध्याइदिनेछ।

शक्तिको भिडमा सत्य हराउन नपाओस्। भजन मण्डलीको आवाजमा जनताको चित्कार नदबियोस्। सम्माननीयज्यूबाट यस गम्भीर घुसपैठको सुक्ष्म अनुसन्धान गरी आफ्नो कोर समूह र सचिवालयलाई सफा राख्ने ठोस कदम चालियोस् भन्ने विनम्र अनुरोध गर्दछु।

विनीत,
सचेत नेपाली नागरिक तथा परिवर्तनका आकांक्षीहरू
बोधार्थ:
१. श्री मुख्य सचिव (कुमार बेनज्यू), नेपाल सरकार।
२. प्रधानमन्त्रीको निजी सचिवालय, सिंहदरबार तथा बालुवाटार। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan