Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १९ मंगलबार | रासस

 दाङ, १९ साउनः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । 

    प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ ।

    प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ५१ जनाले आकस्मिक सेवामार्फत उपचार गराएका छन् । साथै, ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । 

    आकस्मिक सेवाबाट उपचार गराउनेमध्ये २६ जना पुरुष र २५ जना महिला छन् । यस्तै, ओपिडीमा ४३५ पुरुष र ७४५ महिला उपचारका लागि आएका थिए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ४४६ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीले बिरामीको बढ्दो चापले प्रतिष्ठानप्रतिको जनविश्वास बढ्दै गएको सङ्केत गरेको बताउनुभयो । विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उहाँको भनाइ छ ।

    बिरामीको चाप बढे पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan