Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपत्यकाका विभिन्न ११ वटा फर्ममा स्थलगत अनुगमन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १९ मंगलबार |

 काठमाडौँ, १८ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा फर्ममा स्थलगत अनुगमन गरी कारबाही गरेको छ । 

    स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुरथिमी नगरपालिका–९ राधेराधेमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई रु पाँच हजार जरिवाना गरेको छ । खरिद बिलविजक नराखेको पाइएकाले उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ । 

    यस्तै, हेल्दी बाइटस् सर्भिर्सेज भैँसेपाटीलाई कर चुक्ता, खानाको मेन्यु लिस्ट, खरिद बिक्री बिललगायत कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

    विभागले उमङ्ग इन्टरप्राइजेज र सगरमाथा ग्यास उद्योगलाई सरकारको मापदण्डबमोजिम समानुपातिक रुपमा खाना पकाउने ग्यासको बिक्रीवितरण गर्न तथा व्यावसायिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । 

    स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले प्रष्ट पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan