Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेवा प्रवाहलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)

गण्डकी, २१ साउनः पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा सुरु भएको छ । आज महानगरपालिकाअन्तर्गत वडा कार्यालयको वार्षिक प्रगतिको समीक्षा गरिएको हो । 

    सोक्रममा महानगरप्रमुख धनराज आचार्यले सेवा प्रवाहलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणको अभियानलाई थप तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले वडा कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिने सरकारका निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जबाफदेहिता र परिणाममुखी कार्यसम्पादन गर्न वडा सचिवलाई निर्देशन दिनुभयो । 

    उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयको सेवा प्रवाहलाई थप सशक्त बनाउँदै सुशासन प्रवर्द्धन र नतिजामुखी कार्यसम्पादनमा जोड दिनुभयो । समीक्षा कार्यक्रममा वडा सचिवले गत आवमा वडाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिककार्य तथा अन्य कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा गत आवमा हासिल भएका उपलब्धि, कार्यसम्पादनमा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे छलफल गरिएको महानगरपालिकाले जनाएको छ । शुक्रबार महानगरपालिकाका विभिन्न महाशाखाको प्रगति समीक्षा गरिने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan