Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री बालेनको नीतिमा यू टर्न, मधेशवादी एकता : मर्नुभन्दा बौलाउनु निकाे, प्रधानमन्त्री बालेन र रबि झन एक्का

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
newsabhiyan

काठमाडौं, २६ साउन । अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग इन्कार गरेका  र नेपालस्थित राजदूतहरूसँग सामुहिक भेट गरेका प्रम बालेन शाहले एकाएक नीतिमा परिवर्तन गरेको देखिएको छ ।

प्रम बालेन शाहलाई भारत र चीनका राजदूतद्वय नवीन श्रीवास्तव र झाङ माओमिङसँग भेटवार्ता गर्न किन उत्सुकता जाग्यो भन्ने विषयमा विज्ञहरू भन्छन्- यो नीतिमा यू टर्न हो ।

चार महिना प्रम बालेन शाहले भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने र प्रेम बालेनसँग भेटवार्ता गर्न खोज्दा अस्वीकृत गरेर मिश्रीको भ्रमण नै रद्ध भएको थियो । प्रम बालेन भारत भ्रमणको तैयारीमा समेत रहेका छन् । 

मधेशवादी एकता : मर्नुभन्दा बौलाउनु निक
फागुन २१ को चुनावपछि अस्तित्वको संकटमा रहेका मधेशवादी, पश्चिमको थारू नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, पूर्वी खम्बुवान राष्ट्रिय मोर्चा र प्रलोपा समेतले मोर्चाबन्दी गरेर अघ बढ्ने निर्णय गरेका छन् ।

यो मोर्चामा उपेन्द्र यादव, डा. सीके राउत, प्रभु साह, रेशमलाल चौधरी, सन्तोष परियार, रिजवान अन्सारी, डा. हरिनन्दन कुमार रज्जन र रामकुमार राई रहेका छन् । यो मोर्चामा महन्त ठाकुर, जनार्दन शर्मासमेत जोडिएका छन् ।

प्रधानमन्त्री बालेन र रबि झन एक्का
काठमाडौं । रास्वपा फुट्यो, फुट्यो भनेर प्रतिपक्षीले सडकमा निकै झ्याली पिटे तर साउन २४ गते पार्टी सभापति रवि लामिछाने र प्रम बालेनवीच घण्टौं गोप्य वार्ता भएको छ ।

प्रम बालेन शाहले एक्लै लड्नु परेको स्टाटस हालेपछि भएको यो वार्ता र त्यसपछि सभापति लामिछानेले कमजोरी सच्याइनेछ, प्रधानमन्त्रीसँग म छु भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

बालेनको भारत र रविको चीन भ्रमणका बारेमा पनि छलफल भएको खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

जेहोस्, प्रतिपक्षीहरूले जतिसुकै आलोचना गरे पनि प्रम बालेन रविको साथ र सहयोगले अझ मजबुत भएको विश्लेषण भइरहेको छ ।

यो पनि पढ्नुहोस् :
नेपालको कूटनीतिक परम्पराको पुर्ननिर्माण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan