Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जिम्बाब्वेको करिबा तालमा डुङ्गा दुर्घटनामा ४४ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/एपी)

जिम्बाब्वेको करिबा तालमा अत्यधिक यात्रु बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रहरीले बुधबार जनाएको छ ।

    जिम्बाब्वे र जाम्बियाको सीमा क्षेत्रमा पर्ने तालबाट ४४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मङ्गलबार सरकारी निकायले सञ्चालन गरेको फेरी दुर्घटनामा कति जना घाइते वा बेपत्ता छन् भन्नेबारे भने प्रहरीले जानकारी दिएको छैन ।

    जिम्बाब्वेको विपद् व्यवस्थापन निकायका अनुसार दुर्घटनाका बेला डुङ्गामा कम्तीमा ११४ जना यात्रु र चालक दलका पाँच सदस्य सवार थिए ।

    डुङ्गामा सवार कुल यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । टिकट खरिद गरेका यात्रुको मात्र विवरण उपलब्ध भएकाले टिकट आवश्यक नपर्ने उमेरका बालबालिका पनि डुङ्गामा सवार हुनसक्ने अधिकारीले बताएका छन् ।

    अधिकारीका अनुसार डुङ्गाको क्षमता ९० जना मात्र थियो । उक्त डुङ्गाले करिबा ताल आसपासका ग्रामीण क्षेत्रका बासिन्दालाई तालको किनारमा रहेको करिबा सहरसम्म ओसारपसार गर्दै आएको थियो ।

    दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारकार्य जारी रहेको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan