Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तरी नाइजेरियामा सेनाको कारबाहीमा १९ सङ्दिग्ध आतङ्कवादी मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/सिन्ह्वा)

नाइजेरियाली सेनाले उत्तरी क्षेत्रमा सञ्चालन गरेको आतङ्कवादविरोधी कारबाहीमा १९ जना सङ्दिग्ध आतङ्कवादी मारिएका छन् भने अपहरणमा परेका २३ जनाको उद्धार गरिएको छ ।

    सेनाका अनुसार सोमबार र मङ्गलबार सञ्चालन गरिएका छुट्टाछुट्टै कारबाही खुफिया सूचनाका आधारमा गरिएका थिए ।

    उत्तर–पश्चिमी केब्बी राज्यमा सोमबार गरिएको कारबाहीमा १८ जना सङ्दिग्ध आतङ्कवादी मारिएका थिए । सोही दिन छिमेकी जामफारा राज्यमा अपहरणमा परेका १८ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

    त्यसैगरी, मङ्गलबार उत्तर–मध्य प्लेटो राज्यमा गरिएको कारबाहीमा एक जना सङ्दिग्ध आतङ्कवादी मारिएका थिए भने उत्तर–पूर्वी बोर्नो राज्यमा अपहरणमा परेका थप पाँच जनाको उद्धार गरिएको थियो ।

    नाइजेरियाले पछिल्ला वर्षमा आतङ्कवाद, अपहरण, लुटपाट, सशस्त्र हिंसा, साना तथा हल्का हतियारको अवैध प्रसार तथा किसान र पशुपालकबीचको द्वन्द्वलगायत सुरक्षा चुनौतीको सामना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan