Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्तको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |

काठमाडौँ, २७ साउनः राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले भेट गर्नुभएको छ ।

    नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई अध्यक्ष दाहालले बधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलता शुभकामना दिनुभएको थियो । 

    सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको जिम्मेवारी निष्पक्ष, सन्तुलित र प्रभावकारी रुपमा पूरा गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

    साथै राष्ट्रिय सभामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्य खाली रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले सरकारलगायत अन्य पक्षसँग समन्वय गरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । 

    भेटमा प्रमुख निर्वाचन आयुक्त कार्कीले संविधान, ऐन कानुनको अधीनमा रही आफूले निर्वाचन आयोगको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan