Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
newsabhiyan

काठमाडौँ, २८ साउन : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र  स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
 
उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला पारिएको सवारीसाधन सम्बन्धित सवरी साधन धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रहरीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारीसाधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan