कागबेनी-छुसाङ सडक निर्माण सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)
मुस्ताङ, २८ साउनः छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो ।
विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो ।
आयोजनाले जोमसोम-कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद रु दुई अर्ब रहेको छ ।
