Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रावण शुक्ल प्रतिपदाः गुँला पर्व सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ साउनः नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ ।
   
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रुपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिदैआएको छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।
 
गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउँछ । उक्त पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

उक्त पर्व र यस महिनाका सन्दर्भमा अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गरिन्छ भने  क्षमताअनुसार भित्री मनदेखि दान गर्ने प्रचलन छ । 

यस महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने भएकाले आज बिहानैदेखि भक्तजन स्वयम्भूनाथ मन्दिर पुगेका पुग्नुभएको छ ।

राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा घुइँचो हुन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन् ।  
 
काठमाडौँ महानगरपालिका–७ चाबहिलका स्थानीय रमेश डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ । 

झरीले रोगव्याधिलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।
 
चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षदेखि नै महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिँदै आएको उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan