Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |
newsabhiyan

काठमाडौं, २९ साउन : १० वटा बैंकिङ कसुर मुद्दा तथा २ वटा चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दाहरूमा १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रूपैयाँ जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१० बालकुमारीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan