Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

म्याग्दी, २९ साउनः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार म्याग्दीमा आज राति भारी वर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । 

    “स्तरोन्नतिको क्रममा रहेका बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरो खस्ने, नदीले कटान गर्ने समस्या छ । रातिको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले सतर्कता अपनाइएको हो”, प्रजिअ आचार्यले भन्नुभयो ।  

    बेनी-जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनीदेखि उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थलमार्ग हो । बेनी-दरवाङ सडकले धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । 
-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan