Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

भक्तपुर, ६ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताउनुभएको छ । आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उहाँले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताउनुभयो ।

    आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उहाँले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।

    मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजाराैँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी  सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।” उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, र संस्कृति सङ्कल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने सङ्कल्प गर्नुभयो ।
    
    कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजको अवस्थासम्म पुर्‍याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan