Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धर्मगुरुबाट सहयोगको सुरुवात : प्रधानमन्त्री राहत तथा उद्धार कोषमा विजयकृष्णमूर्तिको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
newsabhiyan

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग जुट्न थालेको छ।

यसैक्रममा हिन्दु धर्मगुरु विजयकृष्णमूर्ति महाराजले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन्।

धर्मगुरु विजयकृष्णमूर्ति महाराजले विपद्को कठिन घडीमा सबै क्षेत्र र समुदायबाट सक्दो सहयोग आवश्यक रहेको बताएका छन्। उनले मानवीय सेवाका लागि सहयोग गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धार कार्य जारी छ। सरकारले राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थालाई परिचालन गरिरहेको छ।
धर्मगुरुबाटै राहत कोषमा सहयोगको सुरुवात भएपछि विपद्को घडीमा सामाजिक तथा धार्मिक क्षेत्रबाट समेत सहयोग र सहकार्य बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan