Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

काठमाडौँ, १० भदौः रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौँ ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर बताउन नसक्ने एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन् ।

उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रवक्ता थापाका अनुसार घाइतेमध्ये अन्यको थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan