Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

काठमाडौँ, १० भदौः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ । 

यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले  शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो । 

मन्त्रालयका अनुसार, प्रतिष्ठानको शिक्षाध्यक्षमा डा बाबुराजा महर्जन, रजिस्ट्रारमा डा अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा सन्तवीर महर्जनलाई नियुक्ति गरिएको छ ।

नवनियुक्त पदाधिकारीलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री निशा मेहता नियुक्तिपत्र प्रदान गर्नुभयो । प्रतिष्ठानको उपकुलपतिमा डा नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसक्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan